Created Date: November 26, 2022
Author: HELP NEPAL Network
Comment(s): 0
हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको
गत असोज महिनाको अविरल वर्षाले मुगुको छायानाथ नगरपालिका-०८ झ्यारी गाउँमा २० वटा घरका मानिसहरुलाई धन क्षेती भएको थियो र सुरक्षित ठाउँका लागि बम्निचौरमा हालसम्मै त्रिपाल हालेर बसेका छन्। यस क्रममा हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट माँसिक गाउँ घर क्लिनिक २०७९/८० कार्यक्रमको कार्तिक महिनामा, हेल्थ पोष्ट कर्मचारीहरुले छायानाथ नगरपालिका ०८, बम्निचौरमा गाउँ घर क्लिनिक कार्यक्रम आयोजना गरेको थियो। खानेपानीको अभावले खोलाको पानी प्रयोग गर्नुपर्दा चिसोले परेको बिरामीहरुलाइ औषधि जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट र प्राविधिक जनशक्ति हेल्प नेपाल हेल्थ पोष्टबाट व्यवस्था गरिएको थियो। यस कार्यक्रमको मुख्य उदेयस्य बाढी पिडितहरुलाई सामान्य स्वास्थय जाँचका साथै औषधी उपचार गर्नु पनि थियो।