स्वयंसेवी व्यवसायी, Nepal Weekly
Source: Nepal Weekly magazine, 31 May, 2011
Link: http://www.ekantipur.com/nepal/article/?id=2367
स्वयंसेवी व्यवसायी
समाजसेवारूपी वृक्षका हाँगाबिँगा आज जहाँसम्म विस्तारति भएका छन्, त्यसलाई छिमल्दै गयो भने कुनै ठाउँमा भेटिन्छन्, अरूणसिंह बस्नेत। सामाजिक संस्था ‘हेल्प नेपाल’को अध्यक्षको सारै गह्रुँगो जिम्मेवारीको ढाकर बोकेर उनी हिँडिरहेका छन्। उनको जिम्मेवारीको यो यात्रा नेपालका विकट जिल्लाको शिक्षा र स्वास्थ्यको जग हाल्न एवं दैवीप्रकोपबाट घाइते मनहरूलाई आर्थिक मल्हम लगाइदिन १० वर्षदेखि अविच्छिन्न छ।
बस्नेत स्वयंसेवी हुन्। उनको जीवन निर्वाहको स्रोत खानेपानी आपूर्ति हो र मिनरल वाटरका व्यवसायी पनि हुन्। पानी मानिसको जीवनसँग गाँसिएको हुन्छ। पानीबिना जीवन चल्दैन, पानीबिना कुनै बिरुवामा पनि चिल्लोपात पलाउँदैन। संयोगले उनी जीवनका यी फरक-फरक दुईवटा पाटासँग जोडिएका छन्। हेल्प नेपालमार्फत सहयोगको जल सिञ्चन गरेर विकटमा शिक्षा र स्वास्थ्यका मुना टुसाउन र झाँगिन सहयोग गररिहेका छन् भने प्रत्यक्ष रूपमा घरघरमा खानेपानी आपूर्ति गरेर व्यावसायिक कल्याणको काम गररिहेछन्। यसमा फरक केही छ भने यो मात्र हो, उनी आफ्नो व्यवसायबाट मुनाफा कमाउँछन् तर हेल्प नेपालका लागि भने नि:शुल्क काम गर्छन्।
आजको उपलब्धिलाई मूल्यांकन गर्दै विगतलाई फर्केर हेर्यो भने कुनै दिन यिनी यथार्थमै हुने बिरुवाको चिल्लापात नै थिए। हजुरबुबा, बुबाको काखमा खेल्दै यिनले सामाजिक कार्यको महत्ता बुझे। २०३६/३७ सालमा विद्यालय पढ्दा नै आफ्नो टोल चाबहिलको सागर क्लबसँग आबद्ध हुनपुगे। समाज कल्याण परिषद् अन्तर्गतको युवा क्रियाकलाप समूहमा लागेर उनीहरूले विद्यालयमा छँदै राजधानीमा उजाडिन लागेको पर्यावरण जोगाउन विभिन्न स्थानहरूमा वृक्षरोपण गरे। उनी क्याम्पस पढ्दाताका त सहरयिा किशोरकिशोरीहरू लागू पदार्थको कुलतमा लागेर परिवारकै भविष्य उजाड्न उद्यत थिए। बस्नेतले यसका लागि युवाहरू नै अग्रसर हुनुपर्छ भन्ने ठाने र आफ्ना केही अभिन्न मित्रहरूसँग मिलेर एउटा संस्था खोलेर दुव्र्यसनविरुद्ध युद्धस्तरमा अभियान सुरु गरे। फादर ग्याफ्नेले उनीहरूको यस अभियानलाई पथप्रदर्शन गरेका थिए।
उनको विचारमा समाजोपयोगी सेवा गर्नुपर्छ। यस अर्थमा सेवाको जात खोतल्नु हुँदैन। झन् समाजसेवा भनेको त साधु-महात्माजस्तै हो। यसका लागि त जे गरे पनि पवित्र र पुण्य हुन्छ। यही मान्यतामा टेकेर उनीहरूले चाबहिलमै ०४८ सालमा ‘आह्वान समूह’ खोले र दौलतविक्रम विष्टदेखि डायमनशमशेर राणासम्मलाई सम्मान र अभिनन्दन गरे।
दिनहरू यसरी नै बित्दै थिए। दालभातको जोहो गरेर उभे्रको समय उनका लागि कहिल्यै फाल्तु भएन। कहीँ न कहीँ, केही न केहीमा उनको उपस्थित भइहाल्थ्यो। यत्तिकैमा एकदिन बेलायतबाट पुराना सहपाठी रवीन्द्र मिश्रको फोन आयो। मिश्रले त्यहाँका नेपालीहरूको आर्थिक सहयोगमा हेल्प नेपालको अवधारणा बनाएकाले नेपालको जिम्मेवारी सम्हालिदिनुपर्ने बताए। हेल्प नेपालबारे त उनले अलिकअघिदेखि नै सुनेका थिए पनि। त्यसैले जिम्मेवारीको ढाकर बोक्ने निधो गरे।” उनी यस संस्थाको अध्यक्षकै जिम्मेवारी बोक्न तयार भए। यो ११ वर्ष पहिलाको कुरा थियो।
बेलायतमा बस्ने हरेक नेपालीले ‘साताको एक बोतल बियर, दुई क्यान जुस र एक बट्टा चुरोट आफ्ना साप्ताहिक खर्चबाट कटौती गर्नूस् र महिनामा एक पाउन्ड हेल्प नेपाललाई दान गर्नूस्’ भन्ने मिश्रको आह्वानको फलस्वरूप बस्नेतका हातमा अर्को वर्ष बेलायतबाट ६६ हजार रुपियाँ पर्यो। उनले यस सहयोगको पहिलो लक्ष्य बनाए, विकट कणर्ाली प्रदेशको डोल्पालाई। यसको पृष्ठभूमि थियो, उनका पुराना राजनीतिक मित्र टंकबहादुर बुढा। उनी डोल्पाका थिए। उनको सहयोगमा डोल्पाको एउटा स्कुलको पुस्तकालय बनाउन सहयोग गर्ने निर्णय गरे। यसका लागि आधार बनाइयो, त्यस वर्षको एसएलसीमा सर्वाधिक प्रतिशत अंक ल्याएको विद्यालय। यस आधारमा छानियो, दुनैस्थित सरस्वती उच्च माध्यमिक विद्यालय, जसले ५४ प्रतिशत अंक ल्याएको थियो। बस्नेत ६६ हजार रुपियाँको बिटो बोकेर दुनै पुगे र मित्र बुढाको मोटरसाइकलपछाडि बसेर स्थानीय व्यापारी, दाताहरूसँगबाट १० हजार रुपियाँ उठाए र ७७ हजार रुपियाँको एकमुष्ठ थैली विद्यालयका प्रधानाध्यापकलाई बुझाए।
यो पहिलो सहयोग थियो। त्यसैले हेल्प नेपालको भविष्य सरस्वती उच्च माध्यमिक विद्यालय पुस्तकालयसँग गाँसिएको थियो। छ महिनापछि अचानक उनको हातमा एउटा फोटो पर्यो। त्यो देखेर उनी हर्षले तीन फिट माथि उपि|mए। त्यो सहयोगका आधारमा स्थानीय स्तरबाट अरू अनुदानहरू बटुलेर तीन लाख रुपियाँबराबरको विज्ञान प्रयोगशाला पो तयार भएछ। “यसले हामीलाई अत्यन्तै उत्साहित बनायो। त्यसपछिका ११ वर्षमा हामीले दुर्गममै ७० वटा जति कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्यौँ,” हेल्प नेपालका अध्यक्ष बस्नेत भन्छन्, “करबि ४५ जिल्लाले यो सुविधा उपभोग गररिहेका छन्।”
आफ्नो आधारशिलामा उभिएर द्वन्द्वपीडित बालबालिकाहरूका लागि एउटा आश्रयस्थल निर्माणको परकिल्पना गर्यो, हेल्प नेपालले। फलत: धुलिखेलमा स्थानीय एक विद्यालयसँग जग्गा लिएर थालिएको बालआश्रमको निर्माण कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ। “हामी सानोसानो तर महत्त्वपूर्ण सहयोग गर्छौं,” बस्नेत सहायताको विवरण सुनाउँछन्, “छानो भत्केको, जीर्ण विद्यालयको पुनरोद्धारजस्ता काममा चार-पाँच लाख रुपियाँसम्मको आर्थिक सहयोग गर्छौं।” तर, यति रमकको सहयोग त्यस क्षेत्रका लागि मनग्य हुन्छ।
यसलाई बस्नेतले एउटा राम्रो संस्कारका रूपमा लिएका छन्। उनीहरूले जति सहायता दिन्छन्, त्यसको दोब्बर-तेब्बर थपेर स्थानीय मानिसहरू विद्यालय र स्वास्थ्यचौकी निर्माणमा लाग्छन्। मुगुको एउटा स्वास्थ्यचौकी यसको उदाहरण हो। हेल्प नेपालले यसको निर्माणका लागि पाँच लाख रुपियाँ दिएकामा चन्दा उठाएर एघार लाख रुपियाँ पुर्याए र सुविधासम्पन्न स्वास्थ्यचौकी भवन ठडियो। यसै क्रममा ई-लाइब्रेरीका लागि पनि हेल्प नेपालले सहयोग पुर्याइरहेछ। विद्यालयको पाठ्यपुस्तकलाई समेत आधार बनाई आरम्भ गरिएको यस्तो लाइब्रेरीको संख्या अहिले २४ पुगिसकेको छ। इन्जिनियरङि् कलेज, पुल्चोक र काठमाडौँ विश्वविद्यालयका विद्यार्थीहरूको स्वयंसेवाबाट यो कार्य सम्भव भएको हो।