नर्थ क्यारोलिनाको “नेपाल डे” कार्यक्रममा हेल्प नेपाल नेटवर्क बालगृह, धुलिखेलका लागि सहयोग ।
हेल्प नेपाल नेटवर्कका तर्फबाट नर्थ क्यारोलिनाको “नेपाल डे” कार्यक्रममा सानो स्टल राखी सहभागी भई सेलरोटी र आलुदम बिक्रीमार्फत धुलिखेलस्थित बालगृहका लागि करिब ३०० डलर संकलन गर्न सहयोग गर्नुहुने संयोजक प्रबिण गौतम तथा स्वयंसेवकहरू जिग्याशा मिश्र, रश्मि दहाल र शालु गौतमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस सफलताका लागि हाम्रा सम्पूर्ण संयोजक तथा स्वयंसेवकहरू प्रति हार्दिक आभार व्यक्त गर्दै उहाँहरूको मेहनत, समर्पण र सेवाभावले नेपालको माया झल्काएको छ।
संकलित प्रत्येक रकम हेल्प नेपाल नेटवर्क बालगृह, धुलिखेलका बालिकाहरूका लागि सुरक्षित, मायालु र सहायक वातावरण निर्माणमा खर्च गरिनेछ। हेल्प नेपाल नेटवर्क परिवार उहाँहरू सबैप्रति कृतज्ञ छौं ।

