Created Date: November 26, 2022
Author: HELP NEPAL Network
Category: E-libraries, News
Comment(s): 0
एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय
यही कार्तिक महिना १४ गते, हेल्प नेपाल नेटवर्कले एनआरएनए सँगको समन्वयमा डडेल्धुराको श्री बहादुर खडक स्मारको नाममा ई-पुस्तकालय राखिएको छ। ई-पुस्तकालय हाल अजयमारु गाउँपालिका वडा नं.०१, डडेल्धुराले उपलब्ध गराएको कोठामा रहेको छ। एक्कल साइकल यात्री देवेन्द्र बस्न्यातले पहल गरेको ‘Pedal for education’ को ब्यानरमा ई-पुस्तकालय परियोजनाका लागि कोष जुटाइएको थियो।हेल्प नेपाल नेटवर्कको तर्फबाट ३ ब्याट्री, एक इन्भर्टर, पुस्तकहरू र प्राविधिक सहयोग (परियोजनामा ४ ई-पुस्तकालय स्वयंसेवकहरू) सहित कुल 8 कम्प्युटर सेटहरू उपलब्ध गराइएको छ। HeNN ई-पुस्तकालय स्वयंसेवकहरूले कम्प्युटर व्यवस्थापन गर्नुका साथै कुल ८ जना (नगरपालिकाका स्थानीय र कर्मचारीहरूलाई) ई-पुस्तकालय तालिम दिएर सफलतापूर्वक काम सम्पन्न गरेका छन्। ई-पुस्तकालयले स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थीहरू र सिक्न इच्छुक आगन्तुकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ। उनीहरूको व्यक्तिगत र व्यावसायिक विकास र प्राविधिक सीपहरू लिनका लागि एक सिपमुलक स्थानको रुपमा रहने छ।
यस परियोजनालाई सम्भव बनाउनु हुने हाम्रा उदार दाताहरू र सहयोगीहरूलाई मनै देखि धन्यवाद व्यक्त गर्न चाहन्छौं ।