हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम
यस हेल्प नेपाल हेल्थ पोष्ट रारा, मुगुको मासिक गाउँघर क्लिकनिक कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा सम्बन्धित प्रजलन स्वास्थ्य ( Reproductive Health) बारे जानकारी गराइयो । दुरदराज बिकट गाउँघरमा स्वास्थय सम्बन्धि कुनै पनि जानकारी नभएकाले दिन प्रति दिन रोगबाट ग्रसित महिलारुलाई मिति २०७९\०९\२२ मुगु जिल्ला सोरु गाउँपालिका वडा नं ०१ रुम गाउँमा हेल्प नेपाल नेटवर्क हेल्थ पोष्ट बाट त्यस गाउँका महिलाहरुलाइ छुट्टा छुट्टै समुह बनाएर प्रजलन स्वास्थय, महिनावारी वेला र स्वास्थय सम्बन्धि सरसफाइ बारे विभिन्न कुरा जस्तै महिलाहरुमा सेतो पानि बग्ने, Breast Cancer, Family planning मा प्रयोग गरीने depo, pills, implant, Norplant र IUCD सम्बन्धि सन्देश मुलक जानकारीका साथै महिनावारीको समयमा दैनिक रुपमा सरसफाइ गर्ने, जोलिलो खानेकुरा खाने, छाउँ गोठमा नबस्ने र स्वास्थय सरसफाई ध्यान दिने जस्ता विभिन्न प्रजलन सम्बन्धि जानकारी गराइयो ।